Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसद्मा पेस

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसद्मा पेस

  • आइतवार, फाल्गुण २९ २०७८

  • 582
    SHARES

  • प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव संसद्मा पेस

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध लगाइएको महाअभियोग प्रस्ताव संसद्मा पेस भएको छ ।

    आइतबारको प्रतिनिधिसभा बैठकमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक देव गुरुङले महाअभियोग प्रस्ताव प्रस्तुत गरेका हुन् ।

    संसद्मा रहेका दलहरू नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)का सचेतकहरू प्रस्तावक र ९५ सांसदको समर्थनमा जबराविरूद्ध यही फागुन १ गते महाअभियोग प्रस्ताव अघि बढाइएको थियो ।

    नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम माओवादी केन्द्रका सचेतक गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी)का सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेर लगाइएको महाअभियोग प्रस्ताव सोही नियमावलीको नियम १६१ को उपनियम (५) बमोजिम संसद् बैठकमा प्रस्तुत गरिएको हो ।


    आइतवार, फाल्गुण २९ २०७८०२:११:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij