Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

जातीय विभेद हुने स्टाटस लेख्नेलाई अदालतले तोक्यो दुई महिना जेल

जातीय विभेद हुने स्टाटस लेख्नेलाई अदालतले तोक्यो दुई महिना जेल

  • मंगलवार, चैत्र १ २०७८

  • 1.0K
    SHARES

  • जातीय विभेद हुने स्टाटस लेख्नेलाई अदालतले तोक्यो दुई महिना जेल

    काठमाडौं – जातीय विभेद हुने गरी अभिव्यक्ति दिएको आरोपमा एक जना युवालाई अदालतले दुई महिना कैद सजाय हुने फैसला सुनाएको छ।

    धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडलाई लक्षित गरी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको आरोपमा उच्च अदालत दीपायलले कैलाली बोराडाडीका ओमप्रकाश पाण्डेलाई दुई महिना कैद सजायको फैसला गरेको छ।

    मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश सागर विष्टको इजलासले आइतबार पाण्डेलाई दुई महिना कैद र २० हजार जरिवानाको फैसला सुनाएको उच्च अदालत दीपायलका सूचना अधिकारी नरबहादुर नेगीले बताए।

    पाण्डेलाई जिल्ला अदालत कैलालीले २०७७ मंसिर ३० गते पाँच सय रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।

    उक्त फैसला त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत दीपायलले दुई महिना कैद फैसला सुनाएको हो।

    पाण्डेविरूद्ध पतिराम सोबसहित चार जनाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएका थिए।

    ‘जात करे उत्पात भनेको यही हो’ भन्दै वडलाई लक्षित गरी पाण्डेले सामाजिक सञ्जाल फेसबुक लेखेर जातीय विभेद गरेको आरोप लागेको थियो।


    मंगलवार, चैत्र १ २०७८०४:३३:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij