Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

भारतले पठायो राजदूत शर्माको एग्रिमो

भारतले पठायो राजदूत शर्माको एग्रिमो

  • बुधवार, चैत्र २ २०७८

  • 700
    SHARES

  • भारतले पठायो राजदूत शर्माको एग्रिमो

    काठमाडौं । भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएका डा. शंकर शर्माको नाममा तीन महिनापछि भारतले सहमति (एग्रिमो) पठाएको छ ।

    मंगलबार भारतले नेपाली राजदूत डा.शर्माको नाममा ‘एग्रिमो’ पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

    यसअघि डा.शर्मासँगै सिफारिस भएका ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूतमा नियुक्त भइसकेका छन् ।

    सरकारले गत कात्तिक ११ मा सिफारिस गरेका शर्माको संसदीय सुनुवाइ मंसिर २२ मा गरिएको थियो । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि मंसिर २४ (डिसेम्बर १०) मा परराष्ट्र मन्त्रालयले भारतलाई सहमतिका लागि पत्र पठाएको थियो ।

    सरकारले सिफारिस गरेको व्यक्तिलाई संसदीय अनुमोदन र सम्बन्धित देशको कूटनीतिक सहमति ‘एग्रिमो’ पछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने कानुनी व्यवस्था छ ।

    भारतका लागि सिफारिस गरिएका शर्मा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष र अमेरिकाका लागि पूर्वराजदूत हुन् ।


    बुधवार, चैत्र २ २०७८०३:०६:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij