Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

खिसी टिउरी गर्ने तत्त्वको आगामी निर्वाचनमा हरिबिजोग हुन्छ : माधव नेपाल

खिसी टिउरी गर्ने तत्त्वको आगामी निर्वाचनमा हरिबिजोग हुन्छ : माधव नेपाल

  • बिहिवार, चैत्र ३ २०७८

  • 714
    SHARES

  • खिसी टिउरी गर्ने तत्त्वको आगामी निर्वाचनमा हरिबिजोग हुन्छ : माधव नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली राजनीतिमा प्रतिगामी र अहंकारवादी प्रवृति देखिएको भन्दै प्रतिगामी भूमिका खेल्नेहरूलाई जनताले निर्वाचनमा दण्डित गर्ने बताएका छन् । उनले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कलमले ‘कमाल’ गर्ने दावी समेत गरे ।

    ‘खिसी टिउरी गर्ने तत्त्वको हरिबिजोग त्यही वेलामा थाहा हुनेछ । त्यस्ता घमन्डको पोको भएको रावणको नास भएजस्तै, होलीका दहन भएजस्तै त्यस्ताहरुको दहन हुनेछ’, नेता नेपालको भनाइ छ ।
    फागु पर्वका अवसरमा सो पार्टीले बिहीबार(आज) आयोजना गरेको शुभकामना कार्यक्रममा अध्यक्ष नेपालले राजनीतिलाई आकर्षणको विषय बनाउने हो भने असल चरित्र र असल व्यक्तिलाई अघि सार्नुपर्ने र त्यसका लागि सञ्चारमाध्यमले पनि सकारात्मक भूमिका खेल्नुपर्नेमा पनि जोड दिए ।

    त्यसक्रममा अध्यक्ष नेपालले युट्युबरलाई जिम्मेवार बन्न सुझाव समेत दिएका छन् । ‘अहिले मैले सुनिरहेको छु युट्युबमाथि कतिपय गुनासा पनि छन्, गुनासा सबैका होलान्’, नेपालले भने, ‘अलिअलि त्रुटि हुँदा, कमजोरी हुँदा, विरोधको भावना जाग्दछ ।’ अध्यक्ष नेपालले झुठा समाचार, सूचना र विषयलाई बंग्याएर प्रचार हुँदा मानिसहरुलाई निकै ठुलो आहत पार्ने र कतिपय मानिसको मानसिकतालाई नै खल्बल्याइदिन सक्ने भएकाले सचेत र जिम्मेवार हुनुपर्ने बताए ।

     


    बिहिवार, चैत्र ३ २०७८०१:०२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij