Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

युएईले नेपाललाई दियो १६९ रनको लक्ष्य

युएईले नेपाललाई दियो १६९ रनको लक्ष्य

  • शुक्रवार, चैत्र ४ २०७८

  • 576
    SHARES

  • युएईले नेपाललाई दियो १६९ रनको लक्ष्य

    काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युएईले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ। दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको युएई ४६.३ ओभरमा १६८ रनमा अलआउट भयो।

    युएईका लागि सिपी रिजवान र रोहान मुस्ताफाले ४०–४० रन जोडे।

    ओपनरद्वय मोहमद वासीम २१ रन र चिराग सुरी ६ रनमा आउट भए। लगत्तै बृत्य अरिवन्द ३ रनमा आउट भए।

    युएईका सुरुवाती तीनै ब्याट्सम्यानलाई सोमपाल कामीले आउट गरेका थिए। उनले तीनै जनालाई १० ओभरभित्र आउट गर्दा नेपालले उत्कृष्ट सुरुवात गर्‍यो।

    एघारौं ओभरमा आसिफ खानलाई करण केसीले २ रनमा आउट गरेका थिए।

    त्यसपछि दबाबमा परेको युएईका लागि रिजवान र मुस्ताफाले इनिङ्ग्स सम्हालेका थिए। दुवैले पाँचौ विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए।

    युएईका बासिल हामीदलाई सागर ढकालबाट आउट भए। एकदिवसीय खेलमा पहिलो विकेट लिएका सागरले बासीदलाई ज्ञानेन्द्र मल्लबाट क्याच गराए।

    यस्तै कसिफ दाउद १८ रन र कप्तान अहमेद राजा १३ रनमा आउट भए।

    बलिङमा नेपालका सोमपाल कामीले ४ विकेट लिए। उनले ९ ओभरमा ३९ रन खर्चिए।

    यस्तै करण केसीले ३ विकेट लिन सफल भए। करणले कसिलो बलिङ गर्ने क्रममा ७.३ ओभरमा १६ रन मात्र दिए।

    कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र सागर ढकालले एकएक विकेट लिए।

    घरेलु टिम युएई, नेपाल र पपुवा न्युगिनीबीचको यो त्रिकोणात्मक सिरिजमा युएई र नेपालले विजयी सुरूवात गरिसकेका छन्। दुवैले पछिल्लो समय खराब फर्मबाट गुज्रिरहेको पपुवा न्युगिनीलाई पराजित गरेका थिए।

    लिग–२ को अंक तालिकामा ‌ओमान शीर्ष स्थानमा छ। ओमानको २८ खेलबाट ३६ अंक छ। युएई अंक तालिकामा दोस्रो स्थानमा छ। उसले १५ खेलबाट १८ अंक जोडेको छ। तेस्रो स्थान झरेको स्कटल्यान्डको १२ खेलबाट १६ अंक छ।

    चौथो स्थानको नामिबियाको १४ खेलबाट १४ अंक र पाँचौ स्थानको अमेरिकाको १६ खेलबाट १४ अंक छ। छैटौं स्थानको नेपालले ९ खेलबाट १० अंक जोड्दा पुछारको पपुवा न्युगिनीले १४ खेल खेल्दा अंक जोड्न सकेको छैन।

    त्रिकोणात्मक सिरिज खेल तालिका
    नेपाल भर्सेस पपुवा न्युगिनी – चैत २ – शारजाह– नेपाल २ विकेटले विजयी
    नेपाल भर्सेस युएई – चैत ४– दुबई
    नेपाल भर्सेस युएई – चैत ७ –दुबई
    नेपाल भर्सेस पपुवा न्युगिनी – चैत ८– दुबई‍


    शुक्रवार, चैत्र ४ २०७८०२:५०:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij