Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अबको निर्वाचनमा माधव नेपालहरू समाप्त हुन्छन् : ओली

अबको निर्वाचनमा माधव नेपालहरू समाप्त हुन्छन् : ओली

  • शनिवार, चैत्र ५ २०७८

  • 541
    SHARES

  • अबको निर्वाचनमा माधव नेपालहरू समाप्त हुन्छन् : ओली

    काठमाडौं – एमाले अध्यक्ष केपी ओलीले ६० वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिकले कांग्रेस-माओवादीलाई भोट नहाल्ने दाबी गरेका छन्।

    उनले सत्तारूढ दलहरूले चेताइसकेका हुनाले युवाहरूले पनि भोट नदिने दाबी गरे।

    पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् ।

    अध्यक्ष ओलीले माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरूले जोगाइदिएको र माधव नेपालहरू अबको निर्वाचनपछि समाप्त हुने दाबी गरे।

    ‘एमालेलाई चौथो पार्टी बनाउँछु भन्छ कोही। अहिले चौथो पार्टी हो एमाले संसदमारु संसदमा एमालेसँग ९८ सिट छ। अरूको धेरै भएकाको पनि ६१ सिट छ। कोही हामीले बनाइदिएको ४८ सिटा लिएर हामीले टाँसीदिएको जुँगामा ताउ लाउँछ,’ ओलीले भने, ‘त्यसकारण म साथीहरूलाई भन्न चाहन्छु, यो गठबन्धन केही होइन। बुढो कांग्रेस पाँच वर्षअघि २३ सिटमा झरेको होइन ? कांग्रेसलाई १३ सिटमा झारिदिनुपर्छ, लाग्नुस् तपाईंहरू।’

    अध्यक्ष ओलीले देशलाई बर्बाद पार्ने गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सीमित हुने गरी चुनावी अभियानमा लाग्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

    अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमालेले पार्टीले विजयी हासिल गर्नुपर्ने भएकाले उत्साहका साथ जनताको बीचमा जान पनि निर्देशन दिए।

    सत्तारुढ गठबन्धन केही नभएको दाबी गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणामले उनीहरूलाई भोक हराम, निदहराम बनाउनुपर्ने बताए।

    अदालतबाट बनेको वर्तमान सरकारलाई जनताको मतबाट हराउने उनले बताए।

    ‘अब हामीले निर्वाचनको प्रतिक्षा गर्नुछ। निर्वाचनमा विजय हासिल गर्नुछ। हामीले यस निर्वाचनबाट पछिल्लो प्रादेशिक र संसदीय निर्वाचनहरूको झलक दिनुछ, ताकि यिनीहरूको मनमा अहिलेदेखि ढ्याङ्ग्रो ठोकियोस्,’ उनले भने।

    अध्यक्ष ओलीले विभिन्न जालझेल, तिकडम र षडयन्त्र गरेर आफ्नो पार्टीलाई सरकारबाट हटाउने काम गरेको भन्दै अब हट्नु नपर्ने गरी पार्टीले आगामी निर्वाचनमा जित हासिल गर्नुपर्ने बताए।


    शनिवार, चैत्र ५ २०७८०३:०५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij