Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी

एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी

  • आइतवार, चैत्र ६ २०७८

  • 556
    SHARES

  • एआईजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी

    काठमाडौं – नेपाल प्रहरीमा ३ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको निर्णयविरुद्ध उजुरी परेको छ । बढुवाको प्रतिस्पर्धामा रहेका डिआइजी घनश्याम अर्यालले बढुवा विरुद्धको उजुरी सुनुवाई सचिवालयमा उजुरी दिएका हुन् ।

    चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले धीरजप्रताप सिंह, वसन्त पन्त र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । सिफारिसमा परेका अधिकृत भन्दा आफु सिनियर भएको हुनाले बढुवा बदर गर्न अर्यालले माग गरेका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत अर्यालले भने–‘बढुवा सिफारिसविरुद्ध उजुरी दर्ता गराउने प्रक्रियामा छु ।’

    बढुवा सिफारिसमा छुटाइएका अर्याल मेरिट लिस्टको एक नम्बरमा थिए । उनी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । अर्याल आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।


    आइतवार, चैत्र ६ २०७८०२:१७:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij