Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कटवाल काण्डले हामीलाई १४-१५ समूहमा विभाजित गर्‍यो : प्रचण्ड

कटवाल काण्डले हामीलाई १४-१५ समूहमा विभाजित गर्‍यो : प्रचण्ड

  • आइतवार, चैत्र ६ २०७८

  • 930
    SHARES

  • कटवाल काण्डले हामीलाई १४-१५ समूहमा विभाजित गर्‍यो : प्रचण्ड

    काठमाडौं। नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कटवालकाण्डपछि पार्टीमा विभाजनको श्रृंखला सुरु भएको बताएका छन् ।

    पोखरामा आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले विभाजन हुँदै अहिले १४-१५ वटा समूह बनेको समेत बताए । ‘कटवालकाण्ड हुँदै पार्टी विभाजनको श्रृंखला सुरु भएको थियो,’ प्रचण्डको भनाइ छ, ‘एउटा, दुईवटा, तीनवटा कति हो कति रु अहिले फेरि एकता कति हो कति १४-१५ समूह लाइनमा छन ।’

    प्रचण्डले माओवादी आन्दोलनलाई नयाँ ढंगले रुपान्तरण गर्नुपर्ने कुरामा पनि जोड दिए । ‘यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने ? बनाउन सम्भव छ भन्ने प्रतिगमन विरुद्धको आन्दोलनले देखायो,’ प्रचण्डको भनाइ छ, ‘फलाम तातेको बेला हान्न पर्छ, यही हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका हौं ।’


    आइतवार, चैत्र ६ २०७८०५:५१:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij