Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

जेलेन्स्कीले गरे रुस पक्षधर ११ दललाई युक्रेनमा प्रतिबन्ध

जेलेन्स्कीले गरे रुस पक्षधर ११ दललाई युक्रेनमा प्रतिबन्ध

  • आइतवार, चैत्र ६ २०७८

  • 723
    SHARES

  • जेलेन्स्कीले गरे रुस पक्षधर ११ दललाई युक्रेनमा प्रतिबन्ध

    काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस पक्षधर ११ राजनीतिक दलको गतिविधिमा प्रतिबन्ध लगाएका छन् ।

    सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियो सन्देशमा राष्ट्रपति जेलेन्स्कीले ‘अपोजिसन प्लाटफर्म–फर लाइफ’ सहितका रुस समर्थित दलका गतिविधिमा प्रतिबन्धको घोषणा गरेका हुन् ।

    ‘अपोजिसन प्लाटफर्म–फर लाइफ’को प्रतिनिधित्व युक्रेनी संसदमा पनि छ । विपक्षी बी लाक, पार्टी अफ शरिया, आवर्स, लेफ्ट ओपोजिसन, युनियन अफ लेफ्ट फोर्स, स्टेट, प्रोग्रेसिभ सोसलिस्ट पार्टी अफ युक्रेन, सोसलिस्ट पार्टी युक्रेन, सोसलिस्ट र भ्लादिमिर साल्डो ब्लोकमाथि प्रतिबन्ध लागेको हो ।

    न्याय मन्त्रालयले प्रतिबन्ध कार्यान्वयका लागि तत्काल काम थाल्ने राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । मार्सल कानुन कायम रहँदासम्म प्रतिबन्ध पनि कायम रहने जेलेन्स्कीले बताएका छन् ।

     


    आइतवार, चैत्र ६ २०७८०५:५५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij