Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न सर्वोच्चको अन्तरिम आदेश

उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न सर्वोच्चको अन्तरिम आदेश

  • मंगलवार, चैत्र ८ २०७८

  • 1.1K
    SHARES

  • उम्मेदवार हुन जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं । सर्वोच्च अदालतले आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आचारसंहिता रोक्न अन्तरिम आदेश जारी गरेको छ।

    मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले आचारसंहितामा राजीनामा दिनुपर्ने व्यवस्था राख्नु पर्नाको कारणसहित लिखित जवाफ पेस गर्न भनेको छ।

    सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै अदालतले कारण देखाऊ आदेशसहित अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो।

    सर्वोच्चले निर्वाचन आयोग र सरकारलाई यस्तो आचारसंहिता निर्माण गर्नुको आधार र कारण लिखित रुपमा पेस गर्न भनेको छ। सर्वोच्चले दुवै पक्षलाई छलफलमा उपस्थित हुन र उक्त छलफलपछि आचारसंहिता रोक्न अन्तरिम आदेश निरन्तर हुने वा नहुनेबारे निर्णय गर्ने भनेको छ।


    मंगलवार, चैत्र ८ २०७८०३:१४:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij