काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा आगामी १८ गते तीनदिने भारत भ्रमणमा जान लागेका छन् ।
चिनियाँ विदेशमन्त्री वाङ यी को भ्रमण सकिएलगत्तै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् ।
प्रधानमन्त्री देउवा राजकीय भ्रमणमा भारत जान लागेको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
यसअघि ‘गुजरात समिट’मा जाने तयारी गरे पनि देउवाको भ्रमण कोरोना महामारीका कारण समिट नै रद्द भएपछि रोकिएको थियो ।
बालुवाटार स्रोतका अनुसार देउवाले तीनदिन भारतमा बिताउने जनाईएको छ ।