Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्डसँग कीर्तिमानी आरोही पुर्जाको भेट

प्रचण्डसँग कीर्तिमानी आरोही पुर्जाको भेट

  • शनिवार, चैत्र १२ २०७८

  • 645
    SHARES

  • प्रचण्डसँग कीर्तिमानी आरोही पुर्जाको भेट

    काठमाडौं– छ महिना छ दिनमा आठ हजार मिटर भन्दा अग्ला १४ वटा हिम चुचुराहरू आरोहण गरेर विश्व कीर्तिमान बनाएका आरोही निर्मल पुर्जाले पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।

    चितवनमा भएको भेटमा अध्यक्ष प्रचण्डले आरोही पुर्जाका साहस र अनुभव सुनेर उनलाई थप सफलताको लागि हौसला प्रदान गर्दै विश्वका चमत्कारी र सहासिक सेलिब्रेटी बन्न सफल बधाई दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

    भेटमा प्रचण्डले साहसिक आरोही पुर्जाका हिमाल आरोहणका अनुभूतिबारे जिज्ञासा राख्दै आरोहीले व्यहोरेका समस्या र तिनका समाधानका बारेमा पनि जिज्ञासा राखेका थिए । भेटमा पुर्जाले आफूले देशका लागि अझै यस्तै अन्य कीर्तिमान कायम गर्ने कार्यहरु गरी देशको नाम राख्ने बताएका छन् ।


    शनिवार, चैत्र १२ २०७८०२:१५:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij