Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

एल साल्भाडोरमा एकैदिन ६२ जनाको हत्या, संकटकाल घोषणा

एल साल्भाडोरमा एकैदिन ६२ जनाको हत्या, संकटकाल घोषणा

  • आइतवार, चैत्र १३ २०७८

  • 673
    SHARES

  • एल साल्भाडोरमा एकैदिन ६२ जनाको हत्या, संकटकाल घोषणा

    काठमाडौं - मध्य अमेरिकी मुलुक एल साल्भाडोरमा शनिबार एकैदिन ६२ जनाको हत्या भएको छ। एकैदिन यति धेरै मानिस मारिएपछि त्यहाँ संकटकाल घोषणा गरिएको समाचार संस्था एएफपीले जनाएको छ।

    ‘यो शनिबार, मार्च २६ को दिन राज्यमा ६२ जना मारिएका छन्,’ नेसनल सिभिल प्रहरीले ट्विटरमा लेखेको छ। यी हत्याका पछाडि विभिन्न ग्याङको हात रहेको आरोपलगाइएको छ।

    ‘ग्याङविरूद्धको लडाइँमा हामी पछि हट्ने छैनौं, यस घटनाका जिम्मेवार व्यक्तिलाई नसमातेसम्म र न्याय नदिलाएसम्म हामी चुप लाग्ने छैनौं,’प्रहरीको उक्त ट्विटमा उल्लेख छ।

    प्रहरीका अनुसार ला लाइबरटाडमा मात्रै १२ जना मारिएका छन्। राजधानी स्यान साल्भाडोर र अहुआछपनमा नौ-नौ जना मारिएका हुन्।

    घटनापछि शनिबार नै प्रहरी र सेनाले मारा साल्भाट्रुछ (एमएस)१३० ग्याङका कयौं नेताहरूलाई पक्राउ गरेको थियो। त्यसपछि त्यहाँ थप हिंसा भड्किने आशंकापछि राष्ट्रपति नयिब बुकेलेले सांसदहरूलाई संकटकाल घोषणा गर्न माग गरेका थिए। आइतबार त्यहाँ संकटकाल घोषणा गरिएको छ।

    राष्ट्रपति बुकेलेले ट्विटरमार्फत् एक विज्ञप्ति जारी गर्दै एजेन्ट तथा सैनिकलाई आफ्नो काम गर्न दिनुपर्ने बताएका छन्।

    गत नोभेम्बरमा मात्रै त्यहाँ तीन दिनमै ४५ जना मारिएका थिए।

    एल साल्भाडोरमा एमएस-१३ र बार्रियो-१८ दुई वटा प्रमुख ग्याङ छन्। जसका ७० हजार बढी सदस्य रहेको अधिकारीहरूको भनाइ छ। उनीहरू हत्या, ठगी, लागु औषधको कारोबारमा संलग्न छन् ।

    सन् २०२१मा मात्रै राज्यमा ११४० जना मारिएका थिए ।

    सन् २०१९मा निर्वाचित भएका बुकेलेले संगठित अपराधविरूद्ध लड्ने र देशलाई सुरक्षित बनाउने बताएका थिए।


    आइतवार, चैत्र १३ २०७८०५:३१:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij