Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘गठबन्धन नहुँदा बालबाल जितेको हुँ, गठबन्धन नगरी कसरी हुन्छ ?’ : देउवा 

‘गठबन्धन नहुँदा बालबाल जितेको हुँ, गठबन्धन नगरी कसरी हुन्छ ?’ : देउवा 

  • सोमवार, चैत्र १४ २०७८

  • 793
    SHARES

  • ‘गठबन्धन नहुँदा बालबाल जितेको हुँ, गठबन्धन नगरी कसरी हुन्छ ?’ : देउवा 

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७४ सालको संसदीय चुनावमा गठबन्धन नहुँदा आफूले बालबाल जितेको भन्दै अबको चुनावमा गठबन्धन गरेरै जानु पर्ने बताएका छन् ।

    केन्द्रीय कार्य समिति बैठकमा शेखर कोइरालासहितका केही नेताले गठबन्धनको विरोधमा कुरा राखेपछि सभापति देउवाले गठबन्धन गरेर जाँदा नै सबैले जित्ने बताए ।

    ‘गठबन्धन नहुँदा मैले नै बालबाल जितेको हुँ यार,’ केन्द्रीय समिति बैठकमा उनले प्रश्न गरे, ‘गठबन्धन नगरी कसरी हुन्छ ? पहिला धेरै साथीले हारेका हैनन् र ?’

    विगतमा माओवादीले आफूलाई समेत गोली हानेकै प्रशंग निकाल्दै देउवाले पुराना कुरा भुलेर माओवादीसँग गठबन्धन गरेर नै अघि बढ्नु पर्ने बताए ।

    उनले भने, ‘मेरो आइडोलोजीमा शंका नगर्नुहोस, धेरै लडेको मान्छे हुँ, म अब फेरि पार्टी सभापति हुने होइन, अहिलेको अवस्था त हेर्नु पर्‍यो नि ।’


    सोमवार, चैत्र १४ २०७८०३:३६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij