Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विवेकशील साझाको दुई पक्षबीच तनाव, केन्द्रीय कार्यालय अनिश्चितकालीन बन्द

विवेकशील साझाको दुई पक्षबीच तनाव, केन्द्रीय कार्यालय अनिश्चितकालीन बन्द

  • मंगलवार, चैत्र १५ २०७८

  • 768
    SHARES

  • विवेकशील साझाको दुई पक्षबीच तनाव, केन्द्रीय कार्यालय अनिश्चितकालीन बन्द

    काठमाडौं – दुई पक्षबीच बिबाद भएपछि विवेकशील साझा पार्टीको बखुन्डोलस्थित केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ।

    आज अध्यक्ष रवीन्द्र मिश्र पक्ष र संगठन विभाग प्रमुख निर्देश शिलवाल पक्षबीच पार्टी कार्यालयमा बिबाद भएको थियो।

    दुई पक्षका नेता तथा कार्यकर्ताबीच धलेकलाधकेलको अवस्था सिर्जना भएपछि प्रहरीले दुबै पक्षलाई पार्टी कार्यालय बाहिर निकालेको थियो।

    पार्टी कार्यालयका तर्फबाट निकालेको सूचनामा, 'केही व्यक्तिहरूले अनधिकृत तवरले कार्यक्रम गर्न खोजेपछि त्यसको कारण उत्पन्न हुने जोखिमलाई ध्यानमा राखेर अर्को निर्णय नहुँदासम्म कर्मचारीबाहेक अन्यका लागि कार्यालय बन्द रहेको सूचित गरिन्छ', लेखिएको छ।

    यो सूचना प्रहरीले पढेर सुनाउँदै कार्यालयभित्र रहेका दुवै पक्षलाई बाहिर निकालेको थियो।

    आज विवेकशील साझा पार्टीले कार्यालयमा नवनियुक्त प्रदेश इन्चार्ज र प्रदेश संयोजकलाई शुभकामना दिने कार्यक्रम राखेको थियो।

    सोही समय जुधाएर संगठन विभाग प्रमुख निर्देश शिलवाललगायत असन्तुष्ट पक्षले पनि पार्टी कार्यालयमा पत्रकार सम्मेलन राखेका थिए।

    कार्यक्रम गर्ने र गर्न नदिनेबीच बिबाद भएपछि तनाव उत्पन्न भएको थियो।


    मंगलवार, चैत्र १५ २०७८०२:१८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij