Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

राखेपका सदस्य–सचिव सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वोच्चको आदेश

राखेपका सदस्य–सचिव सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वोच्चको आदेश

  • मंगलवार, चैत्र १५ २०७८

  • 687
    SHARES

  • राखेपका सदस्य–सचिव सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वोच्चको आदेश

    काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेश सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । राखेपको सदस्य सचिवको नयाँ नियुक्त र पदमुक्त सम्बन्धि परेको रिटको सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको इजलाशले सरकारद्वारा मुल्यांकन गरिएको सिलवालको कार्यसम्पादनको फाइल मगाउने आदेश दिएको हो ।

    सरकाले तत्कालिन सदस्य–सचिव सिलवालले कार्यसम्पादन गर्न नसकेको आरोपसहित पदमुक्त गरेको थियो । सर्वोच्चले थप बहका लागि चैत २२ गतेका लागि डाकेको छ । मंगलबार सिलवाल पक्षका वकिलहरूले बहस गरेका थिए ।

    सरकारले सिलवाललाई गत कात्तिक १ गते पदमुक्त गरेको थियो । त्यसपछि सरकारले गत मंसिर १३ गते टंकलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियो ।

    त्यसपछि सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए ।


    मंगलवार, चैत्र १५ २०७८०४:४५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij