Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देशभर थप ४२ जनामा कोरोना संक्रमण, ८६ जना निको

देशभर थप ४२ जनामा कोरोना संक्रमण, ८६ जना निको

  • मंगलवार, चैत्र १५ २०७८

  • 663
    SHARES

  • देशभर थप ४२ जनामा कोरोना संक्रमण, ८६ जना निको

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३२२ जनाको पीसीआर परीक्षणमा ३० जना र १ हजार १४९ जनाको एन्टीजेन परीक्षणमा १२ जना गरी ४२ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो २४ घण्टामा कोरोनाबाट ८६ जना निको भएका छन् भने संक्रमणका कारण कसैको पनि मृत्‍यु भएको छैन ।

    मंगलबार(आज) थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५०८ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार २२८ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर १ हजार १९८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १ हजार १४६ जना होम आइसोलेसनमा रहेका छन् भने ५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २० जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    मंगलवार, चैत्र १५ २०७८०५:२०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij