Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

टी–२० अन्तर्राष्ट्रियमा करणले पूरा गरे ५० विकेट

टी–२० अन्तर्राष्ट्रियमा करणले पूरा गरे ५० विकेट

  • बिहिवार, चैत्र १७ २०७८

  • 659
    SHARES

  • टी–२० अन्तर्राष्ट्रियमा करणले पूरा गरे ५० विकेट

    काठमाडौं । तीव्र गतिका बलर करण केसीले टी–२० अन्तर्राष्ट्रियमा ५० विकेट लिएका छन् ।

    कीर्तिपुरमा भइरहेको त्रिकोणात्मक टी–२० श्रृङ्खला अन्तर्गत बिहीबार पपुवा न्यूगिनी विरुद्ध पहिलो विकेट लिएपछि करणले ५० विकेटको कोशेढुंगा पूरा गरेका हुन् ।

    करणले पहिलो ओभरको चौथो बलमा लेगा सिएकालाई आसिफ शेखबाट क्याचआउट गराउँदै करियरको ५०औं टी–२० अन्तर्राष्ट्रिय विकेट लिएका हुन् । उनले ३६ खेल खेल्दै यो उपलब्धी हासिल गरे । करण नेपालबाट टी–२० मा ५० विकेट लिने दोस्रो बलर हुन् ।

    यसअघि सन्दीप लामिछानेले ५० विकेट पूरा गरिसकेका छन् । सन्दीपले नेपालका लागि सर्वाधिक ६७ टी–२० अन्तर्राष्ट्रिय विकेट लिएका छन् ।


    बिहिवार, चैत्र १७ २०७८०२:३८:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij