Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एआईजीमा बढुवा भएका सिंह, पन्त र धानुलाई दर्ज्यानी चिन्ह प्रदान

एआईजीमा बढुवा भएका सिंह, पन्त र धानुलाई दर्ज्यानी चिन्ह प्रदान

  • बिहिवार, चैत्र १७ २०७८

  • 666
    SHARES

  • एआईजीमा बढुवा भएका सिंह, पन्त र धानुलाई दर्ज्यानी चिन्ह प्रदान

    काठमाडौं– नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका ३ जना अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

    प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा आईजीपी शैलेश थापा क्षेत्रीले एआईजीहरु धिरजप्रताप सिंह, वसन्तकुमार पन्त र रबिन्द्रबहादुर धानुकलाई दर्ज्यानी चिन्ह शुशोभन गरेका हुन् ।

    बिहीबार बिहान मन्त्रिपरिषद्ले उनीहरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) बाट एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । चैत १ मा गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे नेतृत्वको बढुवा समितिले उनीहरुलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले सो सिफारिस स्वीकृत गरेको हो ।

    बढुवा सिफारिस विरुद्ध ३ जना डीआईजीले लोकसेवा आयोगमा उजुरी गरेका थिए । तर, बढुवा उपरको उजुरी सुन्ने समितिले सिफारिस सदर गरेको थियो ।

    बढुवा सिफारिसमा असन्तुष्टि जनाउँदै प्रतिस्पर्धी डीआईजी​हरु घनश्याम अर्याल, ईश्वरबावु कार्की र प्रकाशजंग कार्कीले लोकसेवा आयोगमा उजुरी गरेका थिए ।

    बढुवाविरुद्ध उजुरी गर्ने डीआईजीहरु प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट हुन् । उनीहरु आईजीपी क्षेत्रीसँगै २०७९ वैशाख १९ मा अवकाशमा जाँदैछन् ।


    बिहिवार, चैत्र १७ २०७८०४:५४:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij