Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

दीपेन्द्रको टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा

दीपेन्द्रको टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा

  • सोमवार, चैत्र २१ २०७८

  • 488
    SHARES

  • दीपेन्द्रको टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पुरा

    काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पपुवा न्यूगिनीविरुद्धको त्रिकोणात्मक टी-२० श्रृंखलाको फाइनल खेलमा २१ रन जोडेसँगै दीपेन्द्रले टी-२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गरेका हुन् । उनले १३औं ओभरमा २१ रन जोडेका थिए ।

    उनले ३९ खेल खेल्दा ३४ इनिङ्समा ब्याटिङ गर्दै एक हजार रन जोडेका हुन् । दीपेन्द्रले यस क्रममा १ शतक र ४ अर्धशतक समेत प्रहार गरेका छन् ।

    उनले यही श्रृंखलाबाटै पूर्वकप्तान पारस खड्काको नाममा रहेको सर्वाधिक टी-२० अन्तर्राष्ट्रिय रनको कीर्तिमान तोडेका थिए । पारसलले ३३ खेल खेल्दै १ शतक र ४ अर्धशतक प्रहार गर्दै ७९९ रन बनाएका थिए ।


    सोमवार, चैत्र २१ २०७८०२:१२:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij