Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

निर्वाचन आयोगले लियो आचारसंहिताको कार्यान्वयनका लागि दलहरूबाट प्रतिबद्धता

निर्वाचन आयोगले लियो आचारसंहिताको कार्यान्वयनका लागि दलहरूबाट प्रतिबद्धता

  • मंगलवार, चैत्र २२ २०७८

  • 557
    SHARES

  • निर्वाचन आयोगले लियो आचारसंहिताको कार्यान्वयनका लागि दलहरूबाट प्रतिबद्धता

    काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि राजनीतिक दलहरूबाट प्रतिबद्धता लिएको छ । आयोगले निर्वाचनका लागि दर्ता भएका दलहरूलाई मंगलबार(आज) आयोगमा बोलाएर आचारसंहिता उल्लंघन गर्न नपाइने भन्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्धता लिएको हो ।

    निर्वाचनमा भाग लिन आयोगमा दर्ता भएका ७९ वटा राजनीतिक दलका प्रमुख, पदाधिकारी र प्रतिनिधिहरूले आचारसंहितामा हस्ताक्षर गरी पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

    यसअघि आयोगले दलहरूसँग छलफल गरी निर्वाचन आचारसंहिता–२०७८ जारी गरेको थियो । त्यही आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा राजनीतिक दलहको प्रतिबद्धता लिइएको आयोगका शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले जारी गरेको आचारसंहिता यसअघि नै राजपत्रमा प्रकाशित भइसकेको छ ।

    नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूले प्रतिबद्धता जनाएको बताए ।

     


    मंगलवार, चैत्र २२ २०७८०३:११:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij