Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति भण्डारीद्वारा ५ वटा अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्वारा ५ वटा अध्यादेश जारी

  • मंगलवार, चैत्र २२ २०७८

  • 1.0K
    SHARES

  • राष्ट्रपति भण्डारीद्वारा ५ वटा अध्यादेश  जारी

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ५ अध्यादेश जारी गरेकी छन्। मन्त्रिपरिषद्‌को सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले मंगलबार ५ वटा अध्यादेश जारी गरेकी हुन्।

    राष्ट्रपति भण्डारीले यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश, २०७८ जारी गरेकी हुन्।

    यस्तै, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, २०७८ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ पनि राष्ट्रपतिबाट जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    Ordinence_rastrapati-Office-release.jpg


    मंगलवार, चैत्र २२ २०७८०७:०८:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij