Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई प्रचण्डको निर्देशन

इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई प्रचण्डको निर्देशन

  • बुधवार, चैत्र २३ २०७८

  • 692
    SHARES

  • इँटको जवाफ पत्थरले दिन कार्यकर्तालाई प्रचण्डको निर्देशन

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउन लड्नुको विकल्प नभएको बताए । चितवनमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले ‘इँटको जवाफ पत्थर’ ले दिन कार्यकर्ताहरुलाई निर्देशन दिए ।

    माओवादी विरुद्ध राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरुले षड्यन्त्र गरिरहेको भन्दै प्रचण्डले माओवादी कमजोर भए संघीय लोकतान्त्रिक गणतन्त्र नै कमजोर हुने दावी गरेका छन् ।

    चितवनमा माओवादीले गरेको विकास देखेर प्रतिक्रियावादीहरु अत्तालिएको प्रचण्डको आरोप छ । ‘चितवनको विकासका लागि भौतिक पूर्वाधार, शिक्षा स्वास्थ्यदेखि नदी तटबन्ध लगायत तमाम काम माओवादीको नेतृत्वमा भएको छ । माओवादीले जतिधेरै जनताको पक्षमा काम गरेको छ त्यति नै धेरै प्रतिक्रियावादीहरु माओवादीविरुद्ध षड्यन्त्रमा लागेका छन्’, उनले भने ।

    प्रचण्डले जनआन्दोलनदेखि जनयुद्धसम्म चितवनको राजनीतिक योगदान अग्रणी रहेको भन्दै अब राष्ट्रका पक्षमा चितवन जुर्मुराउनुपर्ने बताए ।


    बुधवार, चैत्र २३ २०७८०५:०४:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij