Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा स्थगितको सूचीमा

स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा स्थगितको सूचीमा

  • सोमवार, चैत्र २८ २०७८

  • 1.5K
    SHARES

  • स्थानीय निर्वाचन रोक्न माग गरिएको रिट सर्वोच्चद्वारा स्थगितको सूचीमा

    काठमाडौँ । आगामी वैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचन रोक्न माग गर्दै दायर रिट सोमबार स्थगितको सूचीमा परेको छ । अन्तरिम आदेश दिने वा नदिने भन्ने सम्बन्धमा सोमबारका लागि पेसी तोकिएकामा सर्वोच्च अदालतले उक्त पेसी स्थगित गराएको हो ।

    जनप्रतिनिधिको समय अवधि ५ वर्षको रहेको तर सरकारले ५ वर्ष पूरा नहुँदै स्थानीय तहको निर्वाचन गर्न लागेको भन्दै पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसियाले दायर गरेको रिट सोमबारको पेसी सूचीबाट हटेको हो । सूचीबाट हटेसँगै स्थानीय तहको निर्वाचन रोक्न आदेश आउनसक्ने सम्भावना तत्कालका लागि टरेको छ ।

    पर्साको मैनापुर गाउँपालिकाका अध्यक्ष विजय कुमार चौरसियाले फागुन १३ गते दर्ता गराएका उक्त रिट फागुन १८ गते न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासमा परेको थियो । उक्त रिटमा अदालतले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने भन्ने सम्बन्धमा छलफलका लागि बोलाउने आदेश दिएको छ । उक्त आदेशमा सञ्जिवकुमार साहले दायर गरेको रिटलाई पनि सँगै राखी हेर्ने आदेशसमेत दिइएको छ ।

    निर्वाचन आयोगले आचारसंहिता लागू गरेर तयारी तीव्र पारेको अवस्थामा सर्वोच्चको यही मुद्दालाई देखाएर निर्वाचन सर्ने हल्ला केही दिनदेखि चलिरहेको थियो। मुद्दाको अर्को पेसी कहिले हुने भन्ने अहिले नै टुङ्गो लागेको छैन ।


    सोमवार, चैत्र २८ २०७८१२:५१:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij