काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५० जनाको पीसीआर परीक्षणमा ११ जना र ७३९ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३६ जना निको भएका छन् भने कसैको मृत्यु भएको छैन । हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३६० जना होम आइसोलेसनमा रहेका छन् भने १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८२७ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ३३९ जना संक्रमणमुक्त भएका छन् ।
आज ६ हजार ७५८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।