Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबनधनको बैठक निष्कर्षविहिन, साँझ पुनः बस्ने

सत्ता गठबनधनको बैठक निष्कर्षविहिन, साँझ पुनः बस्ने

  • सोमवार, बैशाख ५ २०७९

  • 558
    SHARES

  • सत्ता गठबनधनको बैठक निष्कर्षविहिन, साँझ पुनः बस्ने

    काठमाडौँ । स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भागबन्डा गर्न बसेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान बसेको बैठक साँझ पुनः बस्ने गरी स्थगित भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभएको छ ।

    बेलुकासम्म सिट बाँडफाँडको टुंगो लगाउने गरी बैठक स्थगित भएको मल्लले जानकारी दिएका छन् । केही मिडियामा महानगर र उपमहानगरमा भागबन्डाबारे आएका समाचार सही नभएको पनि उहाँले बताउनुभयो ।

    प्रधानमन्त्री निवासमा बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुसहित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक बसेको थियो । यो बैठकले पालिकाहरुमा भागबण्डा मिलाउने भनिएको थियो । हिजोको बैठक पनि निष्कर्षविहीन भएको थियो ।


    सोमवार, बैशाख ५ २०७९०२:०९:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij