काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनसँग सम्बन्धित विषयमा शनिवार(आज) पत्रकार सम्मेलन बोलाएको छ। अपराह्नः साढे ४ बजे आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार(भोली) र सोमबार(पर्सी) २ दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाएको छ ।
आयोगले गरेको निर्वाचनसम्बन्धी सबै तयारीको सन्दर्भमा जानकारी दिन प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।