Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाबाट मृत्यु हुने मुलुकमा भारत विश्‍वकै चौथो, चौबीस घण्टामा ९४२ जनाको मृत्यु

कोरोनाबाट मृत्यु हुने मुलुकमा भारत विश्‍वकै चौथो, चौबीस घण्टामा ९४२ जनाको मृत्यु

  • बिहिवार, श्रावण २९ २०७७

  • 665
    SHARES

  • कोरोनाबाट मृत्यु हुने मुलुकमा भारत विश्‍वकै चौथो, चौबीस घण्टामा ९४२ जनाको मृत्यु

    एजेन्सी । कोरोना संक्रमणबाट मृत्यु हुने मुलुकमा भारत विश्‍वकै चौथो स्थानमा आएको छ । बेलायतलाई पछि पार्दै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याका आधारमा भारत विश्‍वकै चौथो मुलुकमा परेको हो ।

    भारतीय स्वास्थ्य मन्‍त्रालयले जारी गरेको तथ्यांकअनुसार अहिलेसम्म कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या भारतमा मात्र ४७ हजार ३३ जना पुगेको छ । उता बेलायतमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ४६ हजार सात सय ९१ पुगेको छ ।

    कोरोना भइरसको संक्रमणबाट विश्‍वमा सबैभन्दा बढी अमेरिकामा रहेका मानिसको मृत्यु भएको छ । यस्तै कोरोना संक्रमणबाट धेरै मृत्यु हुने मुलुकको दोस्रो नम्बरमा ब्राजिल रहेको छ भने तेस्रो नम्बरमा मेक्सिको परेको छ । कोरोना संक्रमणबाट विश्‍वमै धेरै मानिसको मृत्यु हुने मुलुकको चौथो नम्बरमा भारत परेसँगै पाँचौं नम्बरमा इटली रहेको बीबीसीले समाचारमा जनाएको छ।

    विश्‍वमा अधिक कोरोना संक्रमण संक्रमण देखिएको मुलुकमा भने भारत तेस्रो नम्बरमा पर्छ । अमेरिका र ब्राजिल क्रमश: विश्‍वमै अधिक मानिसमा कोरोना संक्रमण देखिएका मुलुक हुन् । भारतमा पछिल्लो चौबीस घण्टाको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या मृत्युको रेकर्ड दिनहुँ बढिरहेको छ ।

    भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार गएको चौबीस घण्टामा भारतमा ६६ हजार नौ सय ९९ जना नयाँ संक्रमित फेला परेका छन् । यस्तै गएको चौबीस घण्टामा भारतमा नौ सय ४२ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । -बीबीसी


    बिहिवार, श्रावण २९ २०७७०३:५७:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij