Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंह नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंह नियुक्त

  • आइतवार, बैशाख १८ २०७९

  • 762
    SHARES

  • नेपाल प्रहरीको महानिरीक्षकमा धीरजप्रताप सिंह नियुक्त

    काठमाडौँ । सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ ।

    आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो । सिंहलाई आईजीपी नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताउनुभयो ।

    नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आज मध्यरातबाट अवकाशमा जाँदैहुनुहुन्छ । उहाँ २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त हुनुभएको थियो । नेपाल प्रहरीको कमाण्ड समाल्न सिंहसँगै अरु ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा थिए । २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रबिन्द्रबहादुर धानुकलाई पछि पार्दै सिंह आईजीपीमा नियुक्त हुनुभएको हो ।

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईब) मा कार्यरत सिंह गत चैत ७ मा एआईजीमा बढुवा हुनुभएको थियो ।


    आइतवार, बैशाख १८ २०७९०२:२५:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij