Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेसको लडाईं ओली प्रवृत्तिविरुद्ध हो : रामचन्द्र पौडेल

कांग्रेसको लडाईं ओली प्रवृत्तिविरुद्ध हो : रामचन्द्र पौडेल

  • बिहिवार, बैशाख २२ २०७९

  • 974
    SHARES

  • कांग्रेसको लडाईं ओली प्रवृत्तिविरुद्ध हो : रामचन्द्र पौडेल

    काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिस्पर्धा नेकपा माओवादी र प्रचण्डसँग नभई एमालेको केपी ओली प्रवृत्तिसँग भएको बताउनुभएको छ ।

    बिहीबार(आज) सत्ता गठबन्धनले भरतपुरमा आयोजना चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले काँग्रेसको प्रतिस्पर्धा र द्वन्द्व ओली प्रवृत्तिसँग भएको भन्दै गठबन्धन बनेको बताउनुभयो । उहाँले शेरबहादुरभन्दा पहिला आफुले गठबन्धन बन्नुपर्छ भनेर भनेको बताउनुभयो ।

    उहाँले गठबन्धनबारे चितवनमा काँग्रेसका केही नेताहरुले असन्तुष्टि जनाएकोबारे आफुले असन्तुष्ट नेताहरुसँग कुरा गर्न चाहेपनि उनीहरुले धैर्य गरेर आफ्नो कुरा सुन्न नचाहेको बताउनुभयो ।

    जनताबाट चुनिएका नेताबाटै निर्वाचित नेताबाटै लोकतन्त्र खतरा छ भन्ने कुरा केपी ओलीले पुष्टि गरेको पौडेलले बताउनुभयो ।

    नेता पौडेलले केपी ओलीले मुलुकमा संसदको हत्या गर्दा आफुलाई महेन्द्रकालीन घट्ना सम्झना आएको भन्दै गठबन्धन नभएको भए कृष्णचन्द्र नेपाली, बलराम पौडेलहरु मुख्यमन्त्री र मन्त्री हुन पाउँथे भन्दै चितवनका काँग्रेस कार्यकर्ताहरूलाई प्रश्न गर्नुभयो ।


    बिहिवार, बैशाख २२ २०७९०३:३६:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij