काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुरका निवर्तमान मेयर एवं हाल गठबन्धनबाट पुनः मेयरका उम्मेदवार रेनु दाहालले उत्कृष्ट काम गरेको बताउनुभएको छ ।
बिहीबार चितवनको भरतपुरमा गठबन्धनका तर्फबाट आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेपालले रेनु दाहालले गरेको विकास उत्कृष्ट रहेको भन्दै बधाई पनि दिनुभएको छ ।
संविधान र लोकतन्त्र समाप्त हुनबाट जोगाउन गठबन्धन बनाइएको पनि नेपालकामे दाबी छ । केपी ओलीको बखान गर्न जरुरी नभएको भन्दै नेपालले हजार जिब्रो भएका शेषनागले समेत ओलीको बखान गर्न नसक्ने बताउनुभयो ।