Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

निर्वाचनमा खटिएका कर्मचारी फेरबदल हुँदैनन् : आयोग

निर्वाचनमा खटिएका कर्मचारी फेरबदल हुँदैनन् : आयोग

  • बिहिवार, बैशाख २२ २०७९

  • 1.1K
    SHARES

  • निर्वाचनमा खटिएका कर्मचारी फेरबदल हुँदैनन्  : आयोग

    काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।

    बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बैशाख २३ गतेसम्म मतपत्र सबै जिल्लामा पुर्‍याइसक्ने बताउनुभएको छ । स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र मतगणना कर्मचारीलाई अति जरुरी मानवीय र संवेदनशील कारण परेको अवस्थामा बाहेक फेरबदल नगरिने आयोगले जनाएको छ ।

    कुनैपनि कर्मचारीले निर्वाचनको काममा खटिन इन्कार गरेमा प्रचलित कानून बमोजिम कडा कारबाही गर्न मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन समेत दिएको शर्माले बताउनुभयो ।

    मतदान कार्यमा खटिएका सम्पूर्ण कर्मचारीहरुलाई अनिवार्य रुपमा आफू खटिएको ठाउँमा अबिलम्व जान र आफूलाई तोकिएको जिम्मेवारी पूरा गर्न आयोगले निर्देशन दिएको छ ।


    बिहिवार, बैशाख २२ २०७९०६:५१:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij