काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा यतिबेला विभिन्न क्षेत्रका व्यक्तिहरुले आआफ्नो उम्मेदवारी दर्ता गराएका छन् । कतिपय स्वतन्त्र रुपमा उम्मेदवार छन् भने विभिन्न राजनीतिक पार्टीबाट पनि उम्मेदवार बनेका छन् । राजनीतिमा होमिएका व्यक्तिहरु प्रायः विवादित पनि उत्तिकै छन्, त्यसैभित्र सरल र निष्ठामा अडिएको व्यक्तिहरु पनि भेट्टाउन सकिन्छ ।
यी मध्येका एक पात्र हुन् नेपाली कांग्रेसबाट चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष उम्मेदवार अच्यूत अधिकारी । अधिकारी २०७४ सालको निर्वाचनमा पनि सोही वडाबाट वडाध्यक्षको उम्मेदवारका रुपमा अगाडि सर्नुभएको थियो । त्यतिबेला जनताले उनलाई विश्वास कम गरे, परिणामस्वरुप पराजित हुनुपर्यो । तर, अधिकारीको राजनीति प्रतिको मोह त्यो पराजयका अगाडि थप बलियो बन्दै आयो ।
आफू पराजित भइसकेपछि हतास मनस्थितिमा रहने कतिपय उम्मेदवारका अगाडि अधिकारी भने बलियो बन्दै जनताको लोकप्रिय बन्नुभयो । फलस्वरुप उहाँ अहिले पुनः चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ को वडाध्यक्ष उम्मेदवार बन्नुभएको छ । जनताले यसपाली आफूलाई मत दिनेमा अधिकारी विश्वस्त हुनुहुन्छ ।
आफू पराजित भइसकेपछि पनि सधैँ जनताका दुःख, पीडामा मल्हम पट्टी लगाइरहेका अधिकारीले चन्द्रागिरिको विकासका लागि व्यक्तिगत तर्फबाट महत्वपूर्ण योगदान गर्नुभएको छ ।
नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिका वडा नम्बर ९ का गठबन्धनका साझा उम्मेदवार अच्यूत अधिकारीले प्रतिवद्धता पत्रमा पनि शिक्षा, स्वास्थ्य, खेलकूद, अर्थ, संस्कृति र भौतिक पूर्वाधारको विकासलाई महत्वका साथ समेट्नु भएको छ ।
नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिका वडा नं ९ का गठबन्धनका साझा उम्मेदवार अधिकारीलेको प्रतिवद्धता पत्र
१) शिक्षा :
क) वडामा रहेका सवै वालवालिकालाई गुणस्तरीय शिक्षाको व्यवस्थाको लागि सम्पूर्ण श्रोतलाई परिचालन गरिने छ । शिक्षावाट कोहीपनि वन्चीत रहने छैनन् ।
ख) न्युन आय भएका परिवारका वालवालिका जसका अभिभावक दुवै काममा जान्छन, त्यी वालवालिकाका लागि निःशुुल्क वा न्युन शुल्कमा शिशुु स्याहारको व्यवस्था गरिने छ ।
ग) वडा भित्र रहेका माध्यामिक तथा आधारभूुत विद्यालयलाई भौतिक रुपमा सुधार गरिने छ , सुविधा सम्पन्न विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याव, पुस्तकालय, खेलकुद सामाग्री आदिको व्यवस्थापनमा पूर्ण रुपमा जोड दिईने छ, समुदायमा सार्वजनिक विद्यालय प्रति रहेको भावनालाई पूर्ण रुपमा परिवर्तन गराउन जोड दिईने छ ।
घ) यस वडामा रहेको आधारभूत तथा माध्यामिक विद्यालयमा विद्यार्थीहरुलाई आकर्षित गर्न गुुणस्तरमा जोड दिईनेछ, प्राविधिक शिक्षालाई जोड दिईने छ, विद्यालयमा कार्यरत शिक्षक शिक्षिकाको मनोवल वढाउने प्याकेजको व्यवस्था गरिने छ ।
ङ) उपयुुक्त स्थानको चयन गरी गरिव परिवारका वालवालिकाहरुलाई निशुुल्क वा न्युन शुल्कमा मन्टेश्वरी पद्धतिमा शिक्षाको व्यवस्था गरिने छ ।
च) शिक्षक, शिक्षाविद्हरुको समूह बनाई नीति बनाइनेछ, निजी तथा आवसीय विद्यालयहरुलाई पनि आवस्यक सहयोग गरिने छ । गृहिणी महिला विद्यालय संचालनमा ल्याइने छ।
२. स्वास्थ्य :
क) वडावासी सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवाका लागि यस वडामा रहेको स्वास्थ्य चौकीको सुविधा सम्पन्न नयाँ भवन बनाइ हाल संचालनमा रहेको ल्यावलाई पूर्णरुपमा संचालनमा ल्याइनेछ ।
ख) स्वास्थ्य सम्वन्धि विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गरिने छ । स्त्री रोग तथा दिर्घरोगीहरुका लागि विशेष परामर्श केन्द्र स्थापना गरिनेछ ।
ग) महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दक्ष वनाइने छ, सेवामा लाग्नेहरुका लागि विभिन्न प्रोत्साहनका प्याकेजको व्यवस्थापन गरिने छ ।
घ) सकेसम्म नियमित नत्र सातामा दुुई दिन विशेषज्ञ डाक्टरवाट स्वास्थ्य परिक्षण तथा निशुल्क औषधी वितरण गर्ने व्यवस्था गरिने छ । जेष्ठ तथा अशक्त व्यक्तिहरुको स्वास्थ्य परीक्षण तथा औषधी सकेसम्म घरमै गई गरिने व्यवस्था मिलाईने छ ।
ङ) महामारी नियन्त्रण तथा रोकथामका लागि विज्ञहरु लगायत युवाहरुको विपद व्यवस्थापन समिति गठन गरि पूर्व तयारिका लागि प्रशिक्षणको व्यवस्था गरिने छ । न्युन आय भएका र गम्भिर रोगीहरुलाई औषधी उपचारमा सहायताको व्यवस्था गरिने छ ।
च) मानसिक तथा शारीरिक स्वास्थ्यलाई कायम राख्न योग, ध्यान, तथा विभिन्न शिविरहरु संचालनमा ल्याईनेछ । वडा भित्र १ निशुल्क वा न्यून शुल्क लाग्ने योग केन्द्र स्थापना गरिने छ ।
छ) सवै विद्यालय, स्वास्थ्य चौकी, र केही सार्वजनिक स्थानहरुमा स्यानेटरी प्याडको बुथ निर्माण गरी स्यानेटरी प्याड निःशुल्क प्रप्तगर्न सकिने व्यवस्था गरिने छ ।
३. युवा तथा खेलकुद :
क) वडाभित्र विभिन्न खेलकुदमा चासो राख्ने वा खेल्ने व्यक्तिहरुलाई पहिचान गरिने छ, उनीहरुको लगाव तथा क्षमता हेरी खेलमा लाग्न प्रोत्साहन गरिने छ ।
ख) सार्वजनिक जग्गाको पहिचान गरी खेलकुदलाई आवस्यक संरचना निर्माण गरिनेछ । बन्दै गरेको फुटवलको खेल मैदानलाई पूर्णता दिईने छ । कम्तिमा १ कभर्डहलको निमाण गरिने छ ।
ग) विभिन्न क्लवहरुलाई सक्रिय वनाई खेलकुद तथा सामाजिक कार्यहरुमा सक्रिय वनाउने नीति तयार गरिने छ ।
घ) वेरोजगारी अन्त्य गर्नका लागि विभिन्न स्थानमा रोजगारीका लागि पहल गरिने छ ।
ड) खेलकुद सम्वन्धि पढ्न, सिकाउन आवस्यक वजेट विनियोजन गरिनेछ ।
४. वातावरण, खानेपानी तथा फोहरमैला व्यवस्थापन :
क) वातावरणलाई प्रत्यक्ष रुपमा हानी नोक्सानी पुुर्याउने वा पुुर्याइरहेका कल, कारखाना र कृषि तथा पशुपंक्षी फर्मलाई मापदण्ड बनाई संचालन गर्न लगाइने छ मापदण्ड अनुसार संचालन नगरे वन्द गर्न तर्फ लागिने छ ।
ख) प्रकृतिको दोहन गरी बनेका संरचना जस्ले जोखिम निम्त्याउन सक्छ (अध्ययन वा सर्भेका आधारमा) त्यस्ता संरचनाहरुलाई नियमानुसार नस्ट गरिने छ, त्यस्ता योजनालाई निरुत्साईत गरिने छ ।
ग) वडा भित्र रहेका खोला, खोल्सी, इनार, पधेंरा, कुवा आदिलाई संरक्षण गरी सफा सुग्घर र जीवन्त राखिने छ । खुल्ला ठाउँलाई खुल्ले राखिनेछ, र आवस्यकता हेरी व्यायम गर्न मिल्ने वालवालिका, अपांग तथा जेष्ठनागरिक मैत्री पार्क निर्माण गरिने छ ।
घ) मूल बाटो छेउमा उम्रिएका उतिसका रुखहरुलाई नियमानुसार काटी सो स्थानमा राम्रा पूुल फूल्ने रुखहरु रोपिने छ । पारिजात, पौयु, जाकाराण्डा, लालिगुँरास आदि ।
ङ) फोहरमैला व्यवस्थापन श्रोतमा नै गर्ने कायक्रमहरु ल्याइनेछ, उचित स्थानको व्यवस्थापन हुन सके यसै वडामा फोहोरलाई वर्गिकरण गरी मोहर वनाउने कार्यक्रम ल्याइनेछ ।
च) जथाभावि फोहर फाल्न रोक लगाईने छ, सचेतना मुलककार्यक्रमहरु संचालन गरिने छ । प्लाष्टिकका झोलाहरुलाई निरुत्साहित गरिने छ ।
छ) अव्यवस्थित रुपमा तानिएका र माकुराको जालोसरी रहेका तारहरुलाई सम्वन्धित कम्पनीवालाहरुसंग सहकार्य गर्दै सफा वडा वनाउन अन्डरग्राउण्ड वा व्यवस्थित गर्न नगर स्तरिय नीति बनाई कार्यन्वयन गरिने छ । अनावस्यक रुपमा टाङ्गिने विज्ञापनका फलेक्स, पर्चाहरुलाई निरुत्सायित गरिने छ ।
ज) खानेपानीको महशुल घटाइने छ, मागलाई धान्न आवस्यकता अनुसारका संरचनाहरु बनाइने छ, जमिन रिचार्ज गर्न ठाउठाउमा पानीका पोखरीहरु निर्माण गरिने छ ।
झ) नयाँ र पुराना खानेपानीका ग्राहकहरुका बिच रहेको असमान जडान खर्चमा सम्भव भए सम्म एकरुप बनाउन प्रयास गरिने छ ।
५. स्थानीय अर्थव्यवस्था सुधार :
क) आन्तरिक तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने योजनाहरु बनाइनेछ, कुनै पनि भौतिक वा सामाजिक पुर्वाधार बनाउनुपूर्व त्यसको सम्भाव्यता अध्ययन गरिने छ र त्यसै अनुरुप कार्य गरिने छ । वजेट उत्पादन मुखी बनाईने छ ।
ख) स्थानिय सिपलाई वढावा गरिनेछ, हस्तकलालाई प्रोत्सहान गरी स्थानीय स्तरमा नै रोजगारिको सिर्जना गरिने छ ।
ग) उद्योग, कलकारखाना ठुला प्रोजेक्टहरु यस वडा भित्र आउन सक्ने रणनीति तथा वातावरण बनाईने छ ।
घ) प्राविधिक ज्ञानमा जोड दिईनेछ, स्थानीय उत्पादनका लागि विशेष कार्यक्रम ल्याइनेछ, स्थानीय उत्पादनमा जोड दिइने छ ।
ङ) कृषि क्षेत्रमा काम गर्न चहाने वा गर्दै आएका व्यक्तिहरुलाई विशेष अनुदानको व्यवस्था वा पहल गरिने छ विउविजन मलखाद निःशुल्क उपलब्ध हुने व्यवस्था गरिने छ ।
च) पशुपंक्षी पालन गर्न चहाने वा गर्दै आएका व्यक्तिहरुलाई पनि विशेष अनुदानको व्यवस्था वा पहल गर्नुको साथ साथै विमामा विशेष सहयोग गरिने छ ।
छ) सम्भव भए सम्म समुदायमा आधारित होमस्टे, तरकारी बजार, जडिवुटी खेती, कृषि तथा पशुपालनका लागि विशेष योजना बनाइ कार्यान्वयन तर्फ लागिने छ ।
ज) विभिन्न क्षेत्रमा विदत्त्व हासिल गर्नू भएका व्यतिmहरुको समिति वनाई यस वडालाई एउटा सम्पन्न र नमुना वडाको रुपमा विकास गरिने छ ।
६. धर्म तथा संस्कृति :
क) यस वडा भित्र परापूर्व कालदेखि मानाइदै आएका सबै संस्कृतिलाई मध्यनजर गर्दै धार्मिक तथा सांस्कृतिक पर्वहरु धुमधाम संग संचालन तथा सम्पन्न गर्न सरोकारवालाहरुको समिति निर्माण गरिने छ ।
ख) सबै पर्व संचालनका लागि उचित वजेटको व्यवस्थापन गरिने छ । यस वडामा रहेका जनजाति, खस लगायतको भाषा तथा संस्कृति संरक्षण गर्न उचित वजेटको व्यवस्था गरिने छ ।
ग) मच्छेनारायण विष्णुदेवी क्षेत्रको विकासको लागि एक गुरुयोजना बनाई अगाडि वढिने छ । यसलाई एक धार्मिक पर्यटन क्षेत्रको रुपमा परिचित गराउन विशेष ध्यान दिइनेछ । मच्छेगाउँ र टौखेलको कोर बस्तिलाई हेरिटेज टोल बनाउन छलफल चलाई कार्य अगाडि बढाईने छ ।
घ) वडा भित्र रहेका सबै पाटी, पौवा, मठ, मन्दिर, चौताराहरुलाई प्राचीन रुपमा निर्माण गरिने छ । सम्भव भए सडक छेउ बनेका सबै संरचनाहरुलाई प्राचीन शैलीमा ढाल्न ५०—५० को रणनीति तय गरिनेछ, त्यस्ता संरचना बनाउने व्यक्तिलाई पुरस्कृत गरिने छ ।
ङ) यस वडामा लोपउन्मूख बाँजा तथा संस्कृति संरक्षणको लागि उचित वजेट विनियोजन गरिने छ । साथै आवस्यक लपरे संग्रालय निर्माण गरिने छ ।
७. भौतिक तथा सामाजिक विकास :
क) दिगो विकासमा जोड दिइने छ, वर्तमान र भविष्यलाई फाईदा पुग्ने योजन वनाइने छ, वडा भित्र खानेपानी, ढलसहितको पक्की सडक निर्माण गरिने छ, ५ बर्ष भित्र सबै सडकको स्तरोन्नती गरिने छ ।
ख) हाईकिंड रुटको स्तरोन्नती, साइकिलिङ रुट निर्माण गरिने छ । भस्मासुर डाडामा रहेको जिर्ण किल्ला मर्मत गरि पर्यटन प्रर्वधनका लागि आवस्यक भौतिक संरचना निर्माण गरिने छ ।
ग) अति आबस्यक क्षेत्रमा CCTV Security Cameraको जडान गरिनेछ । निशुल्क इन्टरनेटको व्यवस्था गरिने छ ।
घ) वन जंगलमा जडिबुटी तथा फलफुल खेतीको संभाव्यता अध्ययन गरी प्राप्त प्रतिवेदन अनुसार कार्य अगाडि बढाइने छ ।
ङ) टौखेल पुन निर्माणलाई निरन्तर्ता दिइ खानेपानी, ढल सहितको पक्कि सडक निर्माणका लागि आवस्यक वजेट विनियोजन गरिने छ ।
च) व्यक्तिको घरको ठेगाना, विशेष स्थान, यस वडा भित्र रहेका विभिन्न व्यबसायलाई GPS Tracking मार्फत कुनै पनि मोवाईल वाट सजिलै थाहा पाउन सकिने तथा गन्तव्यमा पुुग्न सकिने व्यवस्थाको विकास गरिनेछ । हरेक क्षेत्र प्रविधि मैत्री बनाइने छ । ।
छ) गरिव परिवारको आर्थिक अवस्था सुधार गर्न विभिन्न योजनाहरु वनाइने छ, व्यवसाय, कृषि, पशुपंक्षी पालन वा स्वोरोजगार हुन चाहे विभिन्न अनुदानको व्यवस्था गरिने छ । महिला लाई समान अवसर दिइनेछ, एकल महिलाहरुलाई विशेष केन्द्रविन्दुमा राखेर योजनाहरु वनाईने छ ।
ज) सबैलाई समान व्यवहार गरिने छ, वडा भित्र सवै क्षेत्रमा सार्वजनिक यातायातको पहुच वनाउन आवस्यक रणनिती तयार गरी कार्यान्वयन गरिने छ ।
झ) जेष्ठ नागरिकहरुका लागि सुबिधा सम्पन्न दिवा सेवा केन्द्र स्थापना गरि समय समयमा देश दर्शनका लागि लगिनेछ । भजनकिर्तन, योग, प्रवचन तथा श्रव्य दृश्य मार्फत मनोरञ्जन दिईने छ ।
