काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ३ हजार ४ सय ५३ जनाको नमुना परीक्षण गर्दा १५ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो सोहि अवधिमा थप १७ जना निको भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २ सय १५ जना संक्रिय सक्रमित रहेका छन् । जसमध्ये २१३ होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ११२ पुगेको छ । ती मध्ये ११ हजार ९५२ जनाको मृत्यु भएको छ भने ९ लाख ६६ हजार ७४७ जना संक्रमणमुक्त भएका छन् ।
यसैबीच यही अवधिमा ८४ हजार ६ सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको मन्त्रालयले जानकारी दिएकोे छ ।