Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

महिला राजनीतिककर्मीलाई कसैको छोरी र श्रीमती मात्रै भनियो : प्रचण्ड

महिला राजनीतिककर्मीलाई कसैको छोरी र श्रीमती मात्रै भनियो : प्रचण्ड

  • शुक्रवार, बैशाख २३ २०७९

  • 794
    SHARES

  • महिला राजनीतिककर्मीलाई कसैको छोरी र श्रीमती मात्रै भनियो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं महानगरपालिका र चितवन महानगरपालिकाले मेयरको उम्मेदवारमा महिलालाई स्थान दिएको प्रति खुसी व्यक्त गर्नुभएको छ ।

    अध्यक्ष प्रचण्डले क्रान्तीले परिवर्तनको सुरुवात गरेको भन्दै महिला हितका निम्ति भएपनि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । मुलुकको राजनीतिक परिवर्तनमा महिलाको उच्च भूमिका रहेको स्मरण गर्दै दाहालले प्रतिगमन र गतिरोधको अन्त्यका लागि गठबन्धन मजबुद बन्नुपर्ने तर्क गर्नुभयो । केही मानिसहरुले महिला उम्मेदवारका बारेमा कसैको छोरी र श्रीमती भनेर कुप्रचार गरिरहेको भन्दै प्रचण्डले आपत्ति जनाउनुभएको छ ।

    ‘कसैलाई छोरी र कसैलाई श्रीमतीको रुपमा कुप्रचार गरेर नकारात्मक प्रवृति देखिइरहेको छ’, प्रचण्डले भन्नुभयो, ‘महिलाको क्षमतालाई अवमूल्यन गर्ने एकथरी मानिसको कोशिस छ ।’

    उहाँले त्यस्ता प्रवृत्तिको विरोध गर्दै जहाँ जहाँ महिलाहरु कार्यकारी भूमिकामा रहेका छन् ती ठाउँमा राम्रो काम भएको बताउनुभयो । उहाँले पुरुषहरूले देशमा धेरै राज गरेपनि सारै ठुलो लछारपाटो लगाउन नसकेको प्रचण्डको दाबी छ ।


    शुक्रवार, बैशाख २३ २०७९०५:१८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij