Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

म्यादीका परिवारलाई पनि २० लाख दिने सरकारको निर्णय

म्यादीका परिवारलाई पनि २० लाख दिने सरकारको निर्णय

  • आइतवार, बैशाख २५ २०७९

  • 1.5K
    SHARES

  • म्यादीका परिवारलाई पनि २० लाख दिने सरकारको निर्णय

    काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा २० लाख रुपैयाँ आर्थिक सहायता दिने सरकारले निर्णय गरेको छ ।

    आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।

    बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

    बैठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।


    आइतवार, बैशाख २५ २०७९१२:३८:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij