Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

रुस–युक्रेन युद्ध : विद्यालय भवनमा बम हमला, ६० भन्दा बढी मारिएको आशंका

रुस–युक्रेन युद्ध : विद्यालय भवनमा बम हमला, ६० भन्दा बढी मारिएको आशंका

  • आइतवार, बैशाख २५ २०७९

  • 662
    SHARES

  • रुस–युक्रेन युद्ध : विद्यालय भवनमा बम हमला, ६० भन्दा बढी मारिएको आशंका

    काठमाडौं – पूर्वी युक्रेनको एक स्कूलमा बम खस्दा कम्तीमा ६० जनाको मृत्युको आशंका गरिएको छ । युक्रेनमाथि रुसले हमला गरेको दुई महिनाभन्दा बढी भइसकेको छ र हमला लगातार जारी छ । युक्रेन पनि लगातार रुसको हमलाको जवाफ दिइरहेको छ ।

    लुहान्स्क प्रान्तका गभर्नर सेरहिय हैदईले दुईजनाको मृत्युको पुष्टि गरेका छन् र यो हमलामा कम्तीमा ६० जनाको मृत्यु भएको हुनसक्ने आशंका पनि व्यक्त गरेका छन् । यो स्कूल लुहान्स्कको बिलोहोरिव्कामा अवस्थित छ ।

    स्कूलको यो भवनमा करिब ९० जनाले शरण लिएका थिए । हमलापछि ३० जनाको उद्दार गरिएको छ । यीमध्ये सातजना गम्भीर रुपमा घाइते छन् । गभर्नरका अनुसार रुसले शनिबार स्कूलको भवनमा बम खसालेको थियो ।

    यद्यपि, हैदईको आरोपमाथि बीबीसीले पुष्टि गर्न सक्दैन र यसबारे रुसको तर्फबाट केही पनि बयान सार्वजनिक भएको छैन ।

    युक्रेनको एक पत्रिकाले यो स्थान पछिल्लो एक हप्तादेखि युद्धको हटस्पट बनेको दाबी गरेको छ ।

    बम खस्दा स्कूलको भवन पूर्ण रुपमा ध्वस्त भएको र त्यसमा आगलागी भएको दाबी गरिएको छ । आगो निभाउन दमकललाई तीन घण्टा बढी समय लाग्यो । गभर्नरका अनुसार लगभग पूरा गाउँले स्कूलको बेसमेन्टमा शरण लिएको थियो ।


    आइतवार, बैशाख २५ २०७९०८:३२:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij