Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोशी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

कोशी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

  • शुक्रवार, श्रावण ३० २०७७

  • 860
    SHARES

  • कोशी अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु

    काठमाडौं । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सिरहाको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

    उनलाई उपचारका लागि मंगलबार उपचारका लागि विराटनगर पुर्याइएको थियो । कोरोनाको आशंकामा आइसोलेसनमा भर्ना गरेर परीक्षणका लागि स्वाब संकलन गर्दा बिहीबार साँझ रिपार्ट पोजेटिभ आएको थियो ।

    कोरोना रिपोर्ट पोजिटिभ आएको एक घण्टापछि नै उनको मृत्यु भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोश हरी निरौलाले जानकारी दिए । मृतक पुरुषमा श्वासप्रश्वास र निमोनियाको समस्या थियो ।


    शुक्रवार, श्रावण ३० २०७७०८:४९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij