काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतले कांग्रेसले संसद विघटन गर्दा सदर गरेको र एमालेले गर्दा बदर गरेको टिप्पणी गर्नुभएको छ ।
मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको आमसभामा बोल्दै उहाँले कांग्रेसले भंग गर्दा संवैधानिक भनिएको तर एमालेले भंग गर्दा अवैधानिक भनिएको टिप्पणी गर्नुभयो ।
न्यायाधीशको नियुक्ति पनि स्वतन्त्र र निष्पक्ष र तटस्थ होस् भन्ने आफूहरुको चाहना रहेको तर पार्टीका कार्यकर्ता एकैपटक न्यायाधीश हुने गरेको उहाँको भनाइ छ ।