Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

माधव नेपालले सूर्यमा भोट मागेपछि.....

माधव नेपालले सूर्यमा भोट मागेपछि.....

  • मंगलवार, बैशाख २७ २०७९

  • 846
    SHARES

  • माधव नेपालले सूर्यमा भोट मागेपछि.....

    काठमाडौं - माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कलम चिह्न लिएर स्थानीय तह निर्वाचनमा होमिएको छ । पाँच दलीय गठबन्धनसँग चुनावी तालमेल गरेको समाजवादीले ललितपुरको महालक्ष्मी नगरपालिकामा भने एक्लै लडेको छ ।

    मंगलबार समाजवादीको अन्तिम चुनावी सभामा ललितपुरको महालक्ष्मी नगरपालिकाको लुबुमा थियो । जहाँ अध्यक्ष नेपालले सम्बोधन गरे ।

    सम्बोधन गर्दै गर्दा उनले आफ्ना उम्मेदवारलाई सूर्यमा मतदान गरेर जिताउन आग्रह गरे । यसअघि लामो समय नेकपा एमालेमा रहेका नेपाललाई विगतको सम्झना आएको हुनसक्छ । जसले गर्दा कमल चिन्हमा मत माग्नुपर्नेमा उनले सूर्य चिह्नमा मत मागेका थिए ।

    सूर्यमा मत माग्दै गरेका नेपाललाई उनका कार्यकर्ताले रोकेर कलम चिन्हमा मत माग्न अनुरोध गरे । त्यसपछि पनि उनी एकछिन अकमक्किए । एक छिन अलमलिएका नेपालले पछि सूर्यलाई पराजित गर्न कलम चिन्हमा मतदान गर्न आग्रह गरे ।


    मंगलवार, बैशाख २७ २०७९०८:४१:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij