Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

बुटवलको मिलनचोकमा प्रेसर कुकर बम विष्फोट

बुटवलको मिलनचोकमा प्रेसर कुकर बम विष्फोट

  • बिहिवार, बैशाख २९ २०७९

  • 487
    SHARES

  • बुटवलको मिलनचोकमा प्रेसर कुकर बम विष्फोट

    बुटवल । स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवलको मिलनचोकमा बम विष्फोट भएको छ । बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो ।

    विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन । यद्यपि घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ भने त्यसमा स्थानीय निर्वाचन बहिस्कार गरौं भनेर लेखिएको छ ।

    घटनास्थल आसपास केही छर्राहरु समेत फेला परेको प्रहरीको भनाई छ । प्रहरीले घटनामा संलग्नलाई अहिलेसम्म पक्राउ गर्न सकेको छैन । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । बम विष्फोट भएको थाहा पाएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घनास्थल पुगेको थियो । विष्फोटबाट नजीकै रहेको पसलको सटरमा प्वाल परेको छ ।


    बिहिवार, बैशाख २९ २०७९०६:००:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij