Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

बाबुरामलाई आयोगको स्पष्टीकरण : १५ हजार जरिवाना किन नगर्ने

बाबुरामलाई आयोगको स्पष्टीकरण : १५ हजार जरिवाना किन नगर्ने

  • शुक्रवार, बैशाख ३० २०७९

  • 691
    SHARES

  • बाबुरामलाई आयोगको स्पष्टीकरण : १५ हजार जरिवाना किन नगर्ने

    काठमाडौं - निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईलाई स्पष्टीकरण सोधेको छ ।

    गोप्य हुनुपर्ने मतदान सार्वजनिक गरेको र प्रचार प्रसार गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो । शुक्रबार पालुङटार नगरपालिका–१ अन्नपूर्ण मावि मतदान केन्द्रबाट मतदान गरेका भट्टराईले मतसंकेत गरिसकेको मतपत्र नै फेसबुकमार्फत सार्वजनिक गरेका थिए ।

    निर्वाचन आचारसंहिता अनुसार मतसंकेत गरेको मतपत्र सार्वजनिक गरेमा १५ हजार रुपैयाँ जरिवाना गर्ने व्यवस्था छ । निर्वाचन आयोग स्रोतले भन्यो, ‘२४ घण्टाभित्र जवाफ दिनू भनेर उहाँका नाममा काटिएको पत्र भाइबर मार्फत पठाइएको छ ।’

     


    शुक्रवार, बैशाख ३० २०७९०३:०९:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij