Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

हुम्लामा मतपेटिका संकलन गर्न कठिन, ४ केन्द्रमा हेलिकप्टर पठाइने

हुम्लामा मतपेटिका संकलन गर्न कठिन, ४ केन्द्रमा हेलिकप्टर पठाइने

  • शनिवार, बैशाख ३१ २०७९

  • 706
    SHARES

  • हुम्लामा मतपेटिका संकलन गर्न कठिन, ४ केन्द्रमा हेलिकप्टर पठाइने

    काठमाडौं - हुम्लामा मतपेटिका संकलन गर्ने कठिन भएको छ । ४८०० मिटरको लेक पार गरेर मतपेटिका ल्याउनुपर्ने भएकोले कठिन भएको निर्वाचन आयोगले जनाएको छ ।

    नाम्खा गाउँपालिका–६ लिमीका भृकृटी आधारभूत विद्यालय, सुनखानी आधारभूत विद्यालय र हल्जी हिमशिखर आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतपेटिका याल्वाङ्ग ल्याउन समस्या भएको हो ।

    यस्तै, चंखेली गाउँपालिका डाँफे आधारभूत विद्यालय नेप्का मतदान केन्द्रबाट मतपेटिका र कर्मचारी नपुगेको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

    चंखेली गाउँपालिका-५ को नेप्काबाट मतपेटीसहित कर्मचारी हिँडिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख मुतिनन्द रावलले जानकारी दिए ।

    नाम्खा गाउँपालिका ६ को लिमी मतदान केन्दको हेलिकप्टरबाट मतपेटिका कर्मचारी भोलिमात्रै ल्याइने छ ।

    यी केन्द्रमा कर्मचारीहरू हिउँ छिचोल्दै पुगेका थिए ।


    शनिवार, बैशाख ३१ २०७९०१:३०:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij