Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

ढोरपाटनमा मतगणनाबारे विवाद हुँदा झडप, २ जना घाइते

ढोरपाटनमा मतगणनाबारे विवाद हुँदा झडप, २ जना घाइते

  • शनिवार, बैशाख ३१ २०७९

  • 685
    SHARES

  • ढोरपाटनमा मतगणनाबारे विवाद हुँदा झडप, २ जना घाइते

    काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिकामा मतगणना स्थलमा राख्ने प्रतिनिधिको विषयमा विवाद हुँदा सत्तारुढ गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ ।

    झडपमा दुई जना घाइते भएका छन् र एक जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर घाइते भएका ढोरपाटन नगरपालिका-९ का भीमबहादुर विकलाई उपचारको लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

    अर्का घाइते ढोरपाटन नगरपालिका-१ का ४० वर्षीय खिमबहादुर विकको बुर्तिवाङमा उपचार भइरहेको छ । घाइतेहरु नेकपा एमालेका कार्यकर्ता हुन् ।

    निर्वाचन सम्पन्न भएपछि शुक्रबार राति १२ बजेपछि बसेको सर्वदलीय बैठकमा दलका प्रतिनिधि मात्र उपस्थित हुन आग्रह गरेको भएपनि दुवै पक्षका सयौंको संख्यामा नेता कार्यकर्ता उपस्थित हुँदा झडपको अवस्था आएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी दयानिधि ज्ञवालीले बताए ।


    शनिवार, बैशाख ३१ २०७९०२:४३:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij