Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

देशभरको अपडेट : कहाँ कसको अग्रता ?

देशभरको अपडेट : कहाँ कसको अग्रता ?

  • आइतवार, जेठ १ २०७९

  • 1.0K
    SHARES

  • देशभरको अपडेट : कहाँ कसको अग्रता ?

    काठमाडौं । देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको मतपरिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिएको छ ।

    अहिलेसम्म ३५ वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ । पछिल्लो अपडेट अनुसार एमालेले १४ र कांग्रेसले ११ पालिकामा जित हासिल गरेको छ । एमालेले एउटा पालिकाको नेतृत्व निर्विरोध पाएको हो ।

    त्यस्तै, माओवादी केन्द्रले ८ पालिकामा जित हात पारेको छ, भने नेकपा एकीकृत समाजवादीले दुई पालिकाको नेतृत्व पाएको छ । समाजवादीले दुवै पालिकाको नेतृत्व निर्विरोध पाएको हो ।

    यस्तै, देशभर नेपाली कांग्रेसले सबैभन्दा धेरै स्थानमा अग्रता कायम गरेको छ । कांग्रेसले २ सय ६५ स्थानमा अग्रता लिएको छ । भने नेकपा एमालले १ सय ९१ स्थानमा अग्रता बनाएको छ ।

    नेकपा माओवादी केन्द्रले १ सय ०८ स्थानमा अग्रता लिँदा एकीकृत समाजवादीले १२ स्थानमा अग्रता कायम गरेको छ ।

    यसैबीच, काठमाडौं महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रतिद्वन्द्वीलाई पछि पार्दै दोब्बर अग्रता लिनुभएको छ ।

    पछिल्लो मतपरिणाम अनुसार बालेनले ३ हजार ८ सय ३४ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहेका एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ९ सय ९६ मत प्राप्त गर्नुभएको छ ।

    गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले एक हजार ८ सय २ मतसहित पछ्याउनु भएको छ ।

    सर्वत्र चासोका रुपमा हेरिएको काठमाडौं महानगरमा बालेनले हालसम्म सुरुवाती अग्रता कायम राख्नुभएको हो ।


    आइतवार, जेठ १ २०७९०५:४७:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij