Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

स्थानीय तहको मतपरिणाम : को कहाँ विजयी, कसको कति ठाउँमा अग्रता ?

स्थानीय तहको मतपरिणाम : को कहाँ विजयी, कसको कति ठाउँमा अग्रता ?

  • सोमवार, जेठ २ २०७९

  • 613
    SHARES

  • स्थानीय तहको मतपरिणाम : को कहाँ विजयी, कसको कति ठाउँमा अग्रता ?

    काठमाडौं । देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको परिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा भइरहेकोल छ ।

    अहिलेसम्म ९२ वटा स्थानीय तहको परिणाम आइसकेको छ । पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसको ३५ र नेकपा एमालेले ३४ पालिकाको नेतृत्व जित्न सफल भएका छन् । एमालेले एउटा पालिकाको नेतृत्व निर्विरोध पाएको हो ।

    त्यस्तै, माओवादी केन्द्रले २२ पालिकाको नेतृत्व जितेको छ । नेकपा एकीकृत समाजवादीले दुई पालिकाको नेतृत्व पाएको छ । उसले दुवै पालिकाको नेतृत्व निर्विरोध पाएको हो ।

    यो समाचार तयार पार्दासम्मको परिणामअनुसार नेपाली कांग्रेसले २५९ स्थानमा अग्रता लिएको छ भने नेकपा एमालेले १५६ स्थानमा अग्रता लिएको छ ।

    त्यस्तै, नेकपा माओवादी केन्द्रले ९९, नेकपा एकीकृत समाजवादीले १६, र जसपाले २९ स्थानमा अग्रता बनाएका छन् ।


    सोमवार, जेठ २ २०७९०८:४४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij