Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

पख्नुस्, एमालेको नाम लिनुपर्ने भो कुल्ला गर्छु : बामदेव गौतम (अडियोसहित)

पख्नुस्, एमालेको नाम लिनुपर्ने भो कुल्ला गर्छु : बामदेव गौतम (अडियोसहित)

  • सोमवार, जेठ २ २०७९

  • 2.4K
    SHARES

  • पख्नुस्, एमालेको नाम लिनुपर्ने भो कुल्ला गर्छु : बामदेव गौतम (अडियोसहित)

    काठमाडौं । नेपाली कम्युनिष्ट नेता बामदेव गौतमले एमालेले स्थानीय तह निर्वाचनमा धाँधली भएको भन्नु आफ्नो लाज छोप्ने प्रपञ्च मात्रै भएको बताउनुभएको छ ।

    निर्वाचनको मतदान र मतगणना सौहार्दपूर्ण रुपले भइरहेको बेला एमालेले लगाएको आरोपको कुनै तुक नभएको गौतमको भनाइ छ । आरोप लगाउने मात्रै एमालेको काम भएको बताउँदै गौतमले त्यो पार्टीको नाम लिनुभन्दा पहिला कुल्ला गर्नुपर्ने बताउनुभयो ।

    नेपालको राजनीतिक इतिहासमा स्वतन्त्र उम्मेदवारले जितेका धेरै उदाहरण भएको बताउँदै उहाँले यो सामान्य रहेको जिकीर गर्नुभयो ।

     

    नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उहाँले मुलुकका विभिन्न स्थानमा स्वतन्त्र उम्मेदवार अगाडि भएपनि अन्तिम परिणाम नआउञ्जेल केही भन्न नसकिने बताउनुभयो । 

     

    उहाँसँगको कुराकानी नेपाली रेडियो नेटवर्कको फेसबुक पेजमा हेर्न सकन्छ ।

     


    सोमवार, जेठ २ २०७९१२:५२:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij