Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाललाई दोब्बर मतको अग्रता

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाललाई दोब्बर मतको अग्रता

  • सोमवार, जेठ २ २०७९

  • 588
    SHARES

  • धनगढीमा स्वतन्त्र उम्मेदवार हमाललाई दोब्बर मतको अग्रता

    काठमाडौं- धनगढी उपमहानगरपालिकाको मेयरमा मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार गोपाल हमालले मतान्तर बढाउँदै लगेका छन् ।

    धनगढी उपमहानगरपालिका–१ को सकिएर वडा नम्बर २, ३, १८ र १९ को मतगणना भइरहेका बेला निकटतम् प्रतिद्वन्दीभन्दा हमालले झण्डै दोब्बर मतले अग्रता लिएका छन् ।

    पछिल्लो मत परिणाम अनुसार १० हजार ३२९ मतको गणना सकिंदा हमालले चार हजार ५३८ मत प्राप्त गरेर आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

    उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका नृपबहादुर वडले दुई हजार ११० मत कम ल्याएका छन् । वडले दुई हजार चार सय २८ मत ल्याएका छन् । नेकपा एमालेका रणबहादुर चन्दले भने एक हजार १४० मत प्राप्त गरेका छन् ।

    मतगणनाको सुरुदेखि नै अग्रता लिएका हमाल सत्तारुढ पाँच दलीय गठबन्धनका लागि चुनौती बनेका छन् । खासगरी नेपाली कांग्रेसको गढका रुपमा चिनिने धनगढी बजार क्षेत्रको १, २ र ३ नम्बर वडामा हमालले वड र चन्दको तुलनामा धेरै मत प्राप्त गरिरहेका छन् ।

    हमालले अन्य वडामा समेत यही गतिलाई कायम राखेमा गठबन्धनका उम्मेदवारलाई ठूलो चुनौती हुने आँकलन गरिएको छ । तर गठबन्धनले भने ग्रामीण क्षेत्रको मत गणना गर्न बाँकी रहेको भन्दै अवस्था सुधार हुने आशा राखेको छ ।


    सोमवार, जेठ २ २०७९०५:४६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij