Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको सङ्ख्या १ सय २ पुग्यो

कोरोनाको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको सङ्ख्या १ सय २ पुग्यो

  • शनिवार, श्रावण ३१ २०७७

  • 779
    SHARES

  • कोरोनाको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको सङ्ख्या १ सय २ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । योसँगै संक्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या १ सय २ पुगेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको हो ।

    गौतमका अनुसार कपिलवस्तुको मायादेवी—७ का ४० वर्षीय पुरुषको साउन ३१ गते उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

    यस्तै पर्साको विरगञ्ज महानगरपालिका—१२ का ६० वर्षीय पुरुषको साउन ३० गते नारायणी अस्थायी कोरोना अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको साउन २९ गते कोरोनाबाट मृत्यु भएको हो ।  प्रदेश नम्बर १ मा ९ जना, प्रदेश २ मा ४४ जना, बागमती प्रदेशमा १८ जना र गण्डकी प्रदेशमा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

    यस्तै प्रदेश ५ मा १३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जनाको मृत्यु भएको छ । जसमा ८० जना पुरुष र २२ जना महिला रहेका छन् ।


    शनिवार, श्रावण ३१ २०७७०७:५९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij