Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

मतदानमा छल भयो भन्दै नेपाल निराश...

मतदानमा छल भयो भन्दै नेपाल निराश...

  • मंगलवार, जेठ ३ २०७९

  • 680
    SHARES

  • मतदानमा छल भयो भन्दै नेपाल निराश...

    काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीलाई सोचेअनुरुप मत नआएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    पार्टीले अपेक्षा गरेअनुसार मत नआएको भन्दै मतगणनापछि गठबन्धन दलहरुसँग छलफल हुने बताएका छन् ।

    आज २९ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले गठबन्धनका कार्यकर्ताले धोका दिएका बताएका हुन् ।

    केन्द्रमा भएको सहमति अनुसार जिल्ला र स्थानीय तहमा परिणाम नआएको भन्दै नेपाल असन्तुष्ट बनेका हुन् । एकीकृत समाजवादीले हाल पालिकामा ४ स्थानमा विजयी हासिल गरेको छ ।

    नेपालले पार्टीलाई वैचारिक रुपमा बलियो बनाउनुपर्नेमा पनि जोड दिए ।


    मंगलवार, जेठ ३ २०७९०१:४२:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij